बिरामी बोक्ने एम्बुलेन्समा गाँजा, प्रहरीले लियो नियन्त्रणमा

Advertisement

काठमाडौं । सशस्त्र प्रहरीले गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । 

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Advertisement

चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेसश चतराले नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ । 
         
                
 

Advertisement