अर्बपतिहरूले १७ प्रतिशत रकम विलासी वस्तुमा खरिद गर्छन्, लक्जरी घडी, क्लासिक कार, हीरा र दुर्लभ ह्विस्कीका पारखी

एक वर्षमा ७५० भारतीय बने अर्बपति, पाँच वर्षमा ५० प्रतिशतले बढ्ने आकलन

Advertisement

भारतमा अर्बपतिहरूको संख्या तीव्र रुपमा वृद्धि हुँदै गएको छ । जसले गर्दा भारतमा अल्ट्रा हाई नेटवर्थ अर्थात् (यूएचएनडब्ल्यूआई) को संख्या बढिरहेको छ । 

युएचएनडब्ल्यूआई भन्नाले तीन करोड डलर नेटवर्थ हुने व्यक्तिलाई बुझाउँछ । नाइट फ्रांकको ‘द वेल्थ रिपोर्ट–२०२४’ अनुसार भारतमा यस्ता मानिसको संख्या गत वर्ष (सन् २०२३) मा ६.१ प्रतिशतले बढेर १३ हजार २६३ पुगेको छ । सन् २०२२ मा भने यो संख्या १२ हजार ४९५ थियो । 

Advertisement

त्यसैगरी सन् २०२८ सम्म यस्तो संख्या ५० प्रतिशतले बढेर १९ हजार ९०८ पुग्ने नाइट फ्रांकको आकलन छ । 

यो वर्ष ९० प्रतिशत धनाढ्को सम्पत्ति बढ्न सक्ने

नाइट फ्रांकको रिपोर्टअनुसार यो वर्षावधिमा ९० प्रतिशत यूएचएनडब्ल्यूआईको सम्पत्ति बढ्ने सम्भावना छ । करिब ६३ प्रतिशत धनाढ्यले आफ्नो नेटवर्थ १० प्रतिशतभन्दा बढी बढ्ने विश्वास गरेका छन् । विश्लेषकका अनुसार आर्थिक मन्दीबीच घट्दो महँगी र ब्याजदर कटौतीमा अनुमानले भारतीय अर्थतन्त्र तीव्र वृद्धिको यात्रामा छ । यसको फाइदा धनी भारतीयलाई पनि प्राप्त हुने र यसले उनीहरुको सम्पत्ति पनि बढोत्तरी हुने देखिन्छ । 

सन् २०२८ सम्म धनीको संख्यामा ५० प्रतिशतले वृद्धि

भारतीय धनाढ्यको संख्यामा आगामी पाँच वर्षमा वैश्विक औसतको तुलनामा तीव्र वृद्धि हुने देखिन्छ । नाइट फ्रांकका अनुसार विश्वभर आगामी पाँच वर्षमा यूएचएनडब्ल्यूआईको संख्या २८.१ प्रतिशतले बढेर सन् २०२८ सम्म ८ लाखभन्दा बढी पुग्नेछ । सन् २०२३ मा विश्वभर यूएचएनडब्ल्यूआईको संख्या ६.०१ प्रतिशतले बढेर ६.२६ लाख पुग्यो । सन् २०२२ मा भने विश्वभर अल्ट्रा हाई नेटवर्थ श्रेणीमा धनीहरुको संख्या घटेको थियो । 

त्यसैगरी, गत वर्ष यूएचएनडब्ल्यूआईको संख्या वृद्धि हुनेमा टर्की शीर्ष स्थानमा छ । टर्कीमा यस्तो संख्या ९.७ प्रतिशतले बढेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको अमेरिकामा अल्ट्रा हार्ई नेटवर्थ इन्डिभिजुअल्सको संख्या गत वर्ष ७.९ प्रतिशतले बढ्यो भने तेस्रो नम्बरमा भारत र चौथोमा दक्षिण कोरिया छन् । गत वर्ष भारतको यूएचएनडब्ल्यूआई ६.१ प्रतिशतले र कोरियाको ५.६ प्रतिशतले बढेको थियो । 

धनीहरूको अर्कै देशमा बसाइँसराइ

आगामी दिनमा तीव्र विकसित देशबाट धनीहरु अर्कै देशमा बसाइँसराइ नगर्लान् भन्न सकिन्न । यसरी हेर्दा युरो, अस्ट्रेलिया, उत्तर अमेरिकामा धनाढ्यहरू बस्ने ट्रेन्ड चल्न सक्छ । नाइट फ्रांकका अनुसार हाल एसिया, मध्यपूर्व, अस्टे«ेलिया र उत्तर अमेरिकामा यूएचएनडब्ल्यूआईको संख्या र सम्पत्ति दुवै बढ्दै गइरहेको छ । यसमा युरोप भने केही पछाडि छ भने अफ्रिका र ल्याटिन अमेरिका सर्वाधिक कमजोर क्षेत्र साबित हुँदैछन् । 

१७ प्रतिशत खर्च विलासी वस्तुमा

नाइट फ्रांकको रिपोर्टमा अर्बपतिहरूले १७ प्रतिशत रकम विलासी वस्तुमा खरिद गर्ने गरेको उल्लेख गरिएको छ । यी धनाढ्यहरूलाई लक्जरी घडी, क्लासिक कार, लक्जरी ह्यान्डब्याग, हीरा, दुर्लभ ह्विस्की र गरगहना खरिद गर्न मन पर्छ ।

-एजेन्सीको सहयोगमा ।

Advertisement

Advertisement