आजको मौसम : गण्डकी प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

Advertisement

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Advertisement

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । 

गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी राति कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement