काठमाडौं । भोलिदेखि काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सो कार्यका लागि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
चैत ५ र ८ गते सितापाइला फिडरअन्तर्गका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक क्षेत्रमा ६ घण्टाका लागि विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, सशस्त्र प्रहरी बल, प्रधान कार्यालय र हलचोक क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।