कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने, त्यसपछि पुनः अवरोध

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले आज सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।

आज ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका छ ।  

Advertisement

नीति कार्यक्रम प्रस्तुतपछिको संसदीय कारबाहीमा भने अवरोध गर्ने काँग्रेसको निश्कर्ष छ । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

Advertisement

Advertisement