मानव तस्करीको आरोप लागेका मन्त्रीलाई दुई दिन हिरासतमा राख्न अनुमति

Advertisement

काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशीका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको छ ।

उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । 

Advertisement

अधिकारीलाई प्रहरीले आजै विराटनगरबाट काठमाडौं ल्याएको हो । अधिकारी एक कार्यक्रममा भाग लिन जापान जाने क्रममा पैसा लिएर तीन जनालाई जापान लगेको आरोप लागेको छ । उनीहरुलाई नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ । 

पक्राउ परेकाहरुलाई हिरासतमा प्रहरीले बयान बदल्न दबाब दिएको समाचार पनि आएको थियो । तर सत्ताधारी दल नेकपा एमालेका नेतासमेत रहेका अधिकारीलाई पक्राउ नगर्दा सरकारको आलोचना बढ्दै गएपछि आज प्रहरीले बाध्य भएर उनलाई पक्राउ गरेको हो । 

Advertisement

Advertisement