काठमाडौं । सरकारले लघुवित्त वित्तीय संस्थाका ऋणीको ऋण पुनरतालिकीकरण र पुनरसंरचना गर्ने भएको छ ।
लघुवित्तका ऋणीहरुले समयमा ऋण तिर्न नसकेपछि यस्तो नीति ल्याउने घोषणा सरकारले गरेको हो ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
यसैगरी वित्तीय क्षेत्र, सहकारी, बीमा र पुँजी बजारमा देखिएका समस्यालाई समाधान गरिने उनको भनाइ छ ।