नागरिकता कीर्ते कसूरमा पक्राउ परेका सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

Advertisement

काठमाडौं । नागरिकता कीर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहिया तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

जिल्ला अदालत धनुषाले बुधबार उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

Advertisement

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो । सिरोहियाको नागरिकताका विषयमा थुप्रै कैफियतहरु देखिएको छ । सार्वजनिकरुपमा आएका विवरणअनुसार उनको तीन वटासम्म नागरिकता हुनसक्ने देखिन्छ । 

Advertisement

Advertisement