राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । 

सञ्चालक समितिको आज बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हेमराज खरेलले जनाएका छन् । 

Advertisement

खनाल बैंकको कामुु सीइओका रुपमा कार्यरत थिए । करीब दुई दशकदेखि बैंकिङ क्षेत्रमा आवद्ध रहेका उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । 

बैंकको सीईओ पदका ‘सर्ट लिस्ट’ परेका पाँच जना मध्ये खनालले बाजी मारेका हुन् । सर्टलिस्टमा कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए ।

तत्कालीन सीईओ किरणकुमार श्रेष्ठको दोस्रो कार्यकाल पूरा भएपछि सीईओ पद रिक्त भएको थियो । नव नियुक्त सीईओ खनाल गोरखा निवासी हुन् ।   

 

undefined

 

Advertisement

Advertisement