पर्यटन बोर्डको सीईओमा दोस्रो पटक दीपकराज जोशी नियुक्त

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । उनी यसअघि पनि सीईओ नियुक्त भएका व्यक्ति हुन् । बोर्ड सञ्चालक समितिको बैठकले बिहीबार उनलाई सीईओ नियुक्त गरेको हो । 

आजै सीईओ छनोट समितिले जोशीसहित अर्को पूर्वसीईओ डा. धनन्जय रेग्मी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका नेपाली कांग्रेसका बद्री पाण्डेसँग निकट जोशी दोस्रो पटक सीईओ नियुक्त हुन सफल भएका हुन् । कांग्रेससँगै निकट रेग्मी पनि सीईओ हुने अडकल गरिए पनि जोशीले बाजी मार्न सफल भएका छन् । 

Advertisement

रेग्मीको कार्यकाल सक्किएपछि लामो समयदेखि बोर्ड नेतृत्वबिहीन बन्न पुगेको थियो । सीईओ नभएकै कारण बोर्डको चालु आर्थिक बर्षको बजेट समेत निर्माण हुन सकेको छैन् । बजेट पास हुन नसक्दा बोर्डको गतिविधि लथालिंग हुन पुगेको छ । 

नवनियुक्त सीईओ जोशी हाल नेपाल उद्योग परिसंघको महानिर्देशकको रुपमा कार्यरत छन् । पर्यटन क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी चार बर्षका लागि सीईओ नियुक्त हुन सफल भएका छन् । 

Advertisement