आईएमईमा दिवाकर पौडेल सीईओ नियुक्त

Advertisement

काठमाडौं । आइएमई लिमिटेडमा दिवाकर पौडेल सीईओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त भएका छन् । जीएमई रेमिटलाई गाभेर बुधबार मात्रै एकीकृत कारोबार गरेको आइएमईका नयाँ सीीईओले कार्यभार सम्हालेको कम्पनीले जनाएको छ । 

जीएमई रेमिटको  स्थापनादेखि नै सीईओ रहेका पौडेलको  रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ । उनले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान दिने बताएका छन् । 

Advertisement

यसैगरी समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाइ थप तीव्रता दिने पौडेलको भनाई छ । डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र  डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने उनले बताएका छन् । 

पोडेलले रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सिर्जनामा योगदानका लागि तत्पर रहेको बताएका छन् । 

Advertisement

Advertisement