बीमा कम्पनीहरुको सञ्चालकको शेयर बिक्रीमा लचक भइदिन बोर्डलाई संघको सुझाव

Advertisement

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज (आइतबार) नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । 

संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको शेयर पदमा रहँदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैंयौं वर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफूलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा शेयर बिक्री नपाउँदा समस्या परेको, सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको शेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुँदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको प्रभु इन्स्योरेन्सका अध्यक्षसमेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिएका छन् । 

Advertisement

भारत लगायत अन्य मुलुकमा पनि अग्रिमरुपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको उनको भनाई छ । 
भेटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मुल, कोषाध्यक्ष रमेशकुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement