ल्होत्से र सगरमाथा ४७ घण्टामा आरोहण गर्ने पहिलो नेपाली महिला बनिन् नाङ्सल

Advertisement

काठमाडौं । गोरखाकी नाङ्सल छोदेन लामाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एक साथ ४७ घण्टामा सफल आरोहण गरेक्री छन् । उक्त सफल आरोहणसँगै उनी सगरमाथा र ल्होत्से हिमाल एक साथ आरोहण गर्ने पहिलो नेपाली महिला बनन् सफल भएकी हुन् । 

लामाले मे २३ का दिन बिहान २ः१५ मिनेटमा क्लाइम्बिङ गाइड कुसाङ दोर्ची शेर्पाका साथ सगरमाथाको सफल आरोहण गरेको पायोनियर एडभेन्चर कम्पनीले जानकारी दिए । साथै, ल्होत्से हिमाल मे २३ का दिन दिउँसो ४ः३० मिनेटमा सफल आरोहण गरेकी थिइन । 

Advertisement

यसअघि सामागाउँकी लामाले पहिले मनास्लु हिमालको आरोहण गरेकी थिइन् । उनले सगरमाथा आधार शिविरदेखि आरोहण सुरु गरेर ल्होत्से हिमाल आरोहण गरी ४७ घण्टामा आधार शिविर आइपुगेकी थिइन् । 

undefined

Advertisement

Advertisement