नेपाल पर्वतारोहण संघका अध्यक्ष शेर्पा यूआइएए व्यवस्थापन बोर्डमा चयन

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा यूआइएएको व्यवस्थापन बोर्डमा चयन भएका छन् । 

शेर्पा पर्वतारोहण सम्बन्धी अन्तर्राष्टिय नेटवर्कइन्टरन्यासनल क्लाइमिङ एण्ड माउन्टिनिरिङ फेडरेशन (यूआइएए)को व्यवस्थापन बोर्डमा चयन भएका हुन् । 

Advertisement

नोभेम्बर ८ र ९ तारिखका दिन माल्टामा भएको यूआइएएको साधारण सभाको मतदानबाट अध्यक्ष शेर्पा यूआइएएको व्यवस्थापन बोर्डमा रेप्रिजेनटिभ् क्याटगोरिबाट चयन भएका हुन् । 

व्यवस्थापन बोर्ड यूआइएएको प्रमुख निकाय हो, जसले साधारण सभालाई पारित गरेको सबै नीति निर्देशन र निर्णयहरू कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्दछ । यसमा साधारण सभाको लागि एजेन्डा तयार पार्ने र वार्षिक खाता तयार गर्ने काम गर्दछ । यूआइएएको दीर्घकालीन रणनीतिहरूका बारेमा साधारण सभामा सिफारिस गर्ने काम पनि गर्दछ । 

नयाँ सदस्यहरूको सदस्यता स्वीकृति, आयोगहरूको गठन र विघटन तथा आयोगका अध्यक्षहरूको नियुक्ति गर्ने काम गर्छ । जुन आयोगहरूको आफ्नै सिफारिसमा आधारित हुन्छ ।

सबै बोर्ड सदस्यहरूलाई चार वर्षे कार्यकालको लागि चयन हुने छन् । बोर्डमा कार्यकारी समितिका सदस्यहरूमा पाँच वटा ठूला सदस्य एशोसिएशनका प्रतिनिधिहरू, प्रत्येक महादेशबाट एक प्रतिनिधि, र साधारण सभाबाट चयन गरिएका तीनदेखि पाँच अतिरिक्त प्रतिनिधिहरू समावेश हुन्छन् । 

यसअघि, पूर्व अध्यक्ष जिम्बा जाङबु शेर्पा र पूर्व महासचिव कुल बहादुर गुरुङले पनि नेपाल पर्वतारोहण संघको प्रतिनिधित्व यूआइएए व्यवस्थापन बोर्डमा गरेका थिए ।

त्यस्तै पिटर मुइर यूआइएएका अध्यक्षको रूपमा पुनःचयन भएका छन् । पिटर मुइरलाई यूआइएएका अध्यक्षको रूपमा पुनः चयन गरिएको छ । उनले २०२५ देखि २०२८ सम्म आफ्नो दोस्रो र अन्तिम कार्यकाल गर्ने छन् । अमित चौधरी (भारत) र मार्टिन लास्कानो (अर्जेन्टिना) पनि कार्यकारी बोर्डमा पुनः चयन भएका छन् । त्यस्तै योलान्डा डे बथ (नीदल्यान्ड्स) र साराय खुमालो (दक्षिण अफ्रिका) पनि कार्यकारी समितिमा चयन भएका छन् । 

Advertisement

Advertisement