कतार एयरलाई भैरहवा उडान गर्न प्राधिकरणले दियो अनुमति

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि अनुमति दिएको छ । कतार एयरवेजले भोलि (मंगलबार)बाट उडान सुरु गर्नेछ । 

कतार एयरवेजले दोहा–भैरहवा–काठमाडौं–दोहा उडानका लागि आउँदो नोभेम्बर ३० सम्म १९ उडान गर्न पाउने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 

Advertisement

यसअघि भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कतार एयर एयरवेजले हप्ताको सातै दिन भैरहवा उडान गर्न प्राधिकरणसँग उडान अनुमति मागेको बताएका थिए । 

भैरहवाबाट यही कार्तिक १८ गतेदेखि थाइ एयर एसिया, जजिरा एयरवेज, फ्लाइ दुबई र नेपाल वायुसेवाले व्यवसायिक उडान थालेका छन् ।

Advertisement

Advertisement