जगदम्बा मोटर्सले ल्यायो टिभिएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

Advertisement

काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । 

ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म चल्नेछ । ’च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस–भीआई, राइड मोडहरू र जीटीटी ९ग्लाइड थ्रु ट्राफिक० जस्ता नवीन प्रविधिहरूयुक्त टिभिएस मोटरसाइकल मोडलहरूमा लाभहरू प्रदान गर्दछ । 

Advertisement

यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ । यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरीदमा छ हजार रुपियाँसम्मको नगद छुटका साथै, पुरानो मोटरसाइकलमा छ हजार रुपियाँसम्मको थप मूल्याङ्कन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम तीन हजार ९९९ रुपियाँ प्रतिमहिनाको ईएमई ९बैंकको किस्ता० पनि उपलब्ध गराएको छ । 

साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन । जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनको आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको वितरण सञ्जालका साथ बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ । 

Advertisement

Advertisement