जम्मा ३५.९९ लाख पर्ने सिट्रोन ईसी थ्रीको शाइन भेरिएन्ट नेपाल भित्रियो

Advertisement

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन ईसी थ्रीको प्रिमियम मोडल शाइन नेपालमा सार्वजनिक गरेको छ । 

उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो विद्युतीय गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य लिएको कम्पनीले जनाएको छ । 

Advertisement

अत्याधुनिक प्रविधि र परिष्कृत आराम सुविधाहरू रहेको यस विद्युतीय गाडीमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर ¥याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वील र इलेक्ट्रिकल ओआरभिएम जस्ता फिचरहरु समावेश छन् जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।

सिट्रोन ईसी थ्री शाइनको शुरुवाती मूल्य रु. ३५ लाख ९९ हजार तोकिएको छ जुन मूल्य अन्तिम स्टकसम्म रहनेछ । किफायती मूल्य रहेको जनाइएको यो गाडीले विद्युतीय गाडीेहरुको गतिशीलतालाई नेपाली बजारमा पहुँच योग्य बनाउँदै लैजाने कम्पनीको भनाई छ । 

सांग्रिला मोटर्सले आफूहरु दिगो ब्याट्री व्यवस्थापनको लागि पनि प्रतिबद्ध रहेको जनाएको छ । भारतको सबैभन्दा ठूलो लिथियम–आयन ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी, लोहम क्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरी क्षतिग्रस्त ब्याट्रीहरू प्रबन्ध गरिरहेकोे भन्दै उसले यो साझेदारीले दिगोपन र वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि जोड दिएको बताएको छ ।

Advertisement

Advertisement