प्रधानमन्त्री दाहालले स्वर्गीय श्रीमती सीताको नाममा कलेज खोल्ने, बजेटमा गरियो व्यवस्था

Advertisement

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना गर्ने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले मंगलवार संसदमा आगामी आर्थिक बर्षका लागि बजेट पेश गर्दै सो कुराको व्यवस्था गरेका हुन् । उनले सो अस्पताल काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिए । 

Advertisement

त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताउँदै पुनले बजेटको रकम भने खुलाएनन् । अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’ 

Advertisement

Advertisement