आगामी तीन दिन तराईमा तातो हावा चल्ने, आवश्यक सतर्कता अपनाउन अनुरोध

Advertisement

काठमाडौं । अहिले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  

जल तथा मौसम विज्ञानका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

त्यसैगरी विभागले विशेष सूचना जारी गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा केही दिनदेखि गर्मी अत्यधिक बढेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ती भू-भागहरूमा आगामी तीन दिन (जेठ १६ गते देखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यसको  असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।  । 

केही दिनयता सो स्थानमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम मापन गरिएको विभागको भनाइ छ । 

विभागका अनुसार राति भने कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशका थोरै स्थानमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने पनि विभागको पूर्वानुमान छ । 

Advertisement

Advertisement