पाँच हजार मिटर उचाईको लोबुचेमा पर्यटकलाई सेवा दिँदै ‘वर्ल्ड हाइयष्ट बेकरी एण्ड क्याफे’

Advertisement

काठमाडौं । पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पाले करिब पाँच वर्षदेखि सोलुखुम्बुस्थित लोबुचेमा ‘वर्ल्ड हाइयष्ट बेकरी र क्याफे’ नामक क्याफे सञ्चालन गर्दै आएका छन् । 

पाँच हजार मिटर अग्लो उचाईमा रहेको यो क्याफेमा सिजनको बेला एक महिनामै करिब दुईदेखि तीन सय जना पर्यटकको आगमन हुने गर्छ । 

Advertisement

‘हाम्रो क्याफेलाई पर्यटकहरुले निकै रुचाइरहेका छन् । यसले पनि मलाई व्यवसाय गर्न प्रेरित गरेको छ । यत्तिको उचाइमा व्यवसाय गर्नु आपैmमा चुनौती नै छ । तर पर्यटकहरुको खुःशीमा आपूmलाई पनि खुःशी मिलेको छ । यस व्यवसायलाई अझै थप्दै लैजान हौसला मिलेको छ ।’ 

सोलुखुम्बुको खुन्देका ३१ वर्षीय उनलाई विश्वकै सबै भन्दा उचाइमा क्याफे सञ्चालनमा ल्याउन साथीले प्रेरित गरेका थिए । शेर्पाले थपे, ‘मेरो एक जना साथीको काठमाडौंमा कफी सप थियो । त्यहाँ तालिमहरु पनि दिने गरेको देखेर मलाई पनि उचाइमा एउटा आफ्नै क्याफे सञ्चालन गर्ने रुची भयो । त्यसपछि म र मेरो श्रीमती मिलेर एक महिना लगाएर पाँच हजार मिटर उचाईमा बेकरी र क्याफेका लागि संरचना तयार गरी सञ्चालनमा ल्यायौं ।’

लोबुचे क्षेत्रमा धेरैले होटल सञ्चालन गरेको तर पर्यटकहरुलाई लक्षित गरी बेकरी तथा क्याफे नबनाएको देखेपछि आफूलाई पनि यस्तो व्यवसाय गर्ने इच्छा जागेको शेर्पाले बताए । अहिले पर्यटकहरुले पनि यो क्याफे निकै रुचाएको उनले दावी गरे । शेर्पाका अनुसार पाँच हजार उचाइमा आइसकेपछि धेरैलाई खाना अरुची हुने, हाइलाग्ने गर्छ । उचाईमा पर्यटकहरु कफी, पेस्ट्री खान इच्छा गर्छन् । सो कुरालाई दृष्टिगत गरी आफूले क्याफेमा लगानी गरेको उनले बताए । 

क्याफे सञ्चालनमा ल्याउन निकै गाह्रो भएको स्मरण गर्दै शेर्पाले भने, ‘मुख्यगरी यतिको उचाइमा कफी मेसिन जोगाइ राख्न गाह्रो छ । यो सबै तमाको भएर फुटने सम्भावना हुन्छ ।’ सुरुका दिमा कठिनाई भए पनि अहिले भने व्यवासायबाट राम्रो आम्दानी भइरहेको उनले बताए । बुचेमा पानीको समस्या धेरै रहेको र मौसम बिग्रिना साथै विद्युत् कटौती हुने, त्यसले गर्दा निकै कठिनाई हुने गरेको छ । 

आफूहरुले सोलुखुम्बुमै उत्पादित कफी प्रयोग गर्ने गरेको भन्दै बेकरीमा पेस्ट्रीका विभिन्न प्रकार आफै बनाउने गरेको बताए । ‘विशेषगरी कफी र केक मात्र बनाउछौं । क्याफेमा एक पटकमा ४० जनासम्म अटाउने क्षमता छ, उनले भने । 

अब डिङ्बोचेमा पनि अर्को यस्तै क्याफे खोल्ने योजनामा शेर्पा छन् । यसको नाम ‘हिमालयन हव’ राख्ने उनले तय गरिसकेका छन् । यो क्याफे पनि ६०–७० जनासम्म अटाउने क्षमताको हुने भन्दै शेर्पाले डिङ्बोचेको क्याफे चाहिँ श्रीमतीले सञ्चालन गर्ने बताए । क्याफेसँगै शेर्पा होटलका पनि सञ्चालक हुन् । उनको होटल क्षेत्रमा करिब १२ वर्षको अनुभव छ । 

 

Advertisement