भारतमा मतदान सकियो, ४ जुनमा नतिजा घोषणा

Advertisement

नयाँ दिल्ली । भारतमा करिब साढे दुई महिना लामो निर्वाचनको मतदान प्रक्रिया शनिबार साँझ ६ बजे सकिएको छ । 

संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले अर्को सरकार गठन गर्ने मौका पाउँछ । 

Advertisement

भारतका लोक सभाका ५४२ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुनेछ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ ।

भारतीय विभिन्न सञ्चारमाध्यमले यसपटक मोदीले ह्याट्रिक गर्ने आकलन गरेका छन् । भारतीय जनता पार्टीले बहुमत ल्याएको खण्डमा मोदीले तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्नेछन् । 
 

Advertisement

Advertisement