सहकारी ठगी प्रकरणमा फरारको संख्या १२०० भन्दा धेरै

Advertisement

काठमाडौं । सहकारी संस्थाहरूको बचत अपचलनमा संलग्न भएको आरोप लागेका एक हजार दुई सय जना फरार रहेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार विगत दुई वर्षमा सहकारी ठगीमा संलग्न भएको आरोप लागेको ठूलो संख्या फरार रहेका हुन् । 

Advertisement

यस अवधिमा ३४६ जनालाई पक्राउ गरिएको छ । सहकारी संस्थाहरूमा ठगीको अनुसन्धान सुरु हुनुअघि नै भागेर विभिन्न देशमा पुगेका केही सहकारी सञ्चालकलाई विदेशबाट समेत नेपाल ल्याइएको छ । दुई वर्षमा सहकारी ठगीसँग सम्बन्धित १८४ वटा मुद्दा विभिन्न अदालतमा दर्ता भएका छन्।

विगत दुई वर्षमा सहकारी संस्थाका बचतकर्ताहरूले आफ्नो ७० अर्ब रुपियाँ बराबरको रकम फिर्ता नपाएको उजुरी प्रहरीमा गरेको उल्लेख गर्दै बीबीसीले समाचार प्रकाशित गरेको छ । 

सहकारीको रकम अपचलनको विषय अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ जहाँ गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको छ । पीडितहरुले बचत फिर्ता माग्दै संघर्ष समेत गर्दै आएका छन् । यसै सन्दर्भमा सहकारी ठगीसम्वन्धी छानविन गर्न संसदीय समिति पनि गठन गरिएको छ । 

सहकारीमा सत्तारुढ नेकपा एमालेको राम्रो पकड छ । यद्यपि ठूला सहकारीहरुमा भने नेपाली कांग्रेसनिकटहरु बढी देखिन्छन् । एमालेले आफ्नो भोट बैंकको रुपमा समेत प्रयोग गर्दै आएको सहकारी क्षेत्रमा रहेका कांग्रेसनिकटहरुलाई पाखा लगाउने योजनामा एमाले देखिन्छ भने कांग्रेस राजनीतिकरुपमा एमालेलाई साइजमा ल्याउन सहकारी प्रकरण चर्काउन लागिपरेको छ । 

Advertisement

Advertisement