तत्कालिन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ

Advertisement

काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन सञ्चालक समि िअध्यक्ष राजेश श्रेष्ठसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल यो बैंक प्रभु बैंकसँग गाभिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ परिएको जनाएको हो । पक्राउ पर्ने सञ्चालक समिति सदस्यहरुमा सुनिलकुमार न्यौपाने, प्राडा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र क्याड सेक्सनका चिफ शिवगोपाल रिसाल छन् । 

Advertisement

सीआईबीका एसपी होबिन्द्र बोटगीका अनुसार कमसल धितोमा बढी ऋण प्रवाह गरेको आरोपमा श्रेष्ठसहित आठ जना पक्राउ गरिएको हो । सोही आरोपमा यसअघि तत्कालिन सेन्चुरी बैंकका सीईओद्धय मनोज न्यौपाने र तुल्सीराम गौतमलगायतका कर्मचारी पक्राउ परेका थिए । गत फागुन १५ मा पक्राउ परेका उनीहरु चैत १ मा हाजिरी जमानीमा छुटेका थिए । 

कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपियाँ बराबरको कर्जा प्रवाह गरेको भन्दै सीआईबी त्यसरी ऋण प्रवाह गर्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपियाँ बढी धितोभन्दा ऋण प्रवाह भएको जनाएको छ । 

Advertisement