एनसेल ‘सधैं अन’ योजनाः ग्राहकहरुलाई नयाँ अवसरहरुसँग जोड्न नासा सेक्युरिटीजसँग सहकार्य

Advertisement

काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले शेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । 

यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

Advertisement

यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरे । नासा सेक्युरिटिज नेपालको एक अग्रणी शेयर ब्रोकरेज फर्म हो । 

समझदारीका अनुसार, एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरुले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन् । पहिलो पटक डिम्याट खाता खोल्न रु १०० र मेरोसेयरमा दर्ता हुनका लागि रु ५० लाग्ने गरेको छ । 

यसरी कुल रु १५० को काम ५५ प्रतिशत छुटले गर्दा रु ६७.५० मा नै गर्न सकिन्छ । एनसेल एपको माध्यमबाट ग्राहकहरुले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, शेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरो शेयर नवीकरण गर्नेलगायत केही समस्या र जिज्ञासाहरु भए राख्न सक्नेछन् ।

एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० बढि देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोली शेयरमा लगानी गर्न सक्ने भन्दै कम्पनीले यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरि सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्द गर्ने बताएको छ । 

एनसेल एपमा नासा सेक्युरिटिजलाई आवश्यक कामका लागि सम्पर्क गर्ने विकल्पहरु रहेको भन्दै एनसेलले यस सहकार्यमा आफूहरुले आफ्नो एपमार्फत नासा सेक्युरिटिजमा पहुँच मात्र सुनिश्चित गरेको बताएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि नासा सेक्युरिटिजको सम्पर्क अधिकृतलाई ०१५९७००८४ एक्सटेन्सन २०४२ वा मोबाइल नम्बर ९८०१८८०३४६ मा सम्पर्क गर्न सकिने जनाइएको छ । 

Advertisement

Advertisement