शेयर बजारमा दोहोरो अंकको करेक्शनः कारोबार रकम भने उत्साहजनक

Advertisement

काठमाडौं । गत साता निरन्तर बढेको शेयर बजार यो साताको पहिलो दिन भने ओरालो झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१४ अंकले घटेको हो । १.०३ प्रतिशतले बजारमा करेक्शन आउँदा नेप्से परिसूचक २१०९.३४ अंकमा झरेको छ । 

Advertisement

आज होटल समूह र म्युचुअल फण्डबाहेक अरु सबै राताम्मे भएका छन् । होटल ३.३७ र म्युचुअल फण्ड ०.२१ प्रतिशतले बढेका छन् । लघुवित्त सबैभन्दा बढी १.७८ प्रतिशतले घटेको छ । 

undefined

आज ३१५ कम्पनीका १ करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता शेयर किनबेच हँुदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१.७० रुपियाँ बराबरको कारोबार भएको हो । 

त्यस्तै समग्रमा बजारमा करेक्शन देखिएपनि कालिञ्चोक दर्शमा लिमिटेडमा भने पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै इन्फिनिटी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आईएमई लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १५ करोड ६६ लाख १३ हजार ८ सय ३३.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement