अयोध्यामा राम मन्दिर बनाउन लगिएको शालिग्राम फिर्ता ल्याउनुपर्छः वामदेव गौतम

Advertisement

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन् । 

सोमवारको राष्ट्रिय सभाको बैठकमा उनले केही समय पहिला नेपालले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताउँदै यसअघिको काँग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र)को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको बताए । 

Advertisement

शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने गौतमले बताए । उनले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले सम्पत्ति फिर्ता हुनुपर्ने बताए । 

गौतमले भने, ‘मैले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गर्यो, सुनिदिनुपर्यो भनेर विभिन्न ठाउँमा भनेको थिएँ । गएको सरकार, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरु मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर बनाउन उनीहरुले नेपालमा शालिग्राम मागे रे । सरकारले धुमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए । रामको मन्दिर त बनेन । मलाई त्योसँग मतलव छैन । त्यो शालिग्राम के हो ? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पती बिनासित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ । त्यो हाम्रो सम्पत्ति हो ।’

बिनासित्तै देशको सम्पत्ति अरुलाई दिन नहुने उनले बताए । 

Advertisement

Advertisement