संदीप नहुँदा नेपाली टिमको निकै कमजोर प्रदर्शन, नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

Advertisement

काठमाडौं । जारी आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत मंगलबार राति अमेरिकामा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । 

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा तुलनात्मकरुपमा कमजोर टिम नेदरल्याण्ड्ससँगको खेलमा नेपालले झन कमजोर प्रदर्शन गरेको हो । आजको खेलमा नेपालको लोकप्रिय स्पिनर संदीप लामिछानेको अभाव खडकिएको देखिन्थ्यो । 

Advertisement

टस हारेर सुरुमा बलिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई १९.२ ओभरमा सबै विकेट गुमाएर १०७ रनको कमजोर लक्ष्य दिएको थियो । व्याटिङमा समेत पटक पटक राम्रो अवसरहरु गुमाएका नेपाली खेलाडीहरुमा आत्मविश्वासको अभाव देखिन्थ्यो । 

समूह डी अन्तर्गत आज पहिलो खेल खेलेको नेपालले यसपछि श्रीलंकासँग खेल्नेछ । बलात्कारको आरोपमा सफाई पाए पनि अमेरिकी दूतावासले बदनियतपूर्ण तरिकाले संदीपलाई प्रवेषाज्ञा नदिँदा नेपाली टिम कमजोर बन्न पुगेको हो । 

एक दशकपछि दोस्रो पटक टी ट्वान्टी विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने नेपालीहरुको आशा थियो । तर आजको खेलमा धेरै क्रिकेटप्रेमी नेपालीहरुलाई निराश बनाएको छ । 

खेलमा चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले पाँच चौका प्रहार गरे पनि छक्का प्रहार गर्न खोज्दा बाहिरिन पुगे । 

लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे भने गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा दुई चौका मद्दतमा ११ रन मात्रै जोडे ।

सोमपाल कामी शुन्यमा आउट भए भने अभिनाश बोहराले पनि खाता खोल्न सकेनन् । 

Advertisement