हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुटसम्वन्धी समझदारी

Advertisement

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई कमलादीस्थित हेयर एण्ड शान्तिमा विशेष छुट पाउने भएका छन् । सोसम्वन्धी सम्झौतापत्रमा प्रभु बैंक र हेयर एण्ड शान्तिबीच समझदारी भएको हो । 

समझदारीपत्रमा हेयर एण्ड शान्तिका निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले हस्ताक्षर गरे । बैंकका ग्राहकलाई १० प्रतिशत तथा कर्मचारीलाई ३० प्रतिशत  सौन्द्रर्य सम्बन्धि सेवा सुविधा (थ्रेडिङबाहेक)मा छुट प्रदान गरिने छ । 

Advertisement

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा बिद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंकको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ । हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर बिभिन्न स्थान (काठमाडौंभित्र आठ, पोखरामा एक, वीरगञ्ज एक, हेटौडा दुई र नारायणघाट एक)मार्फत सौन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आएको छ । 

Advertisement

Advertisement