पर्यटन क्षेत्रका अनावश्यक कर हटाउँछौंः पर्यटनमन्त्री तामाङ

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा लगाइएका अनावश्यक करहरु हटाउने बताएका छन् । 

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को ५७ औँ बार्षिक साधारण सभालाई संबोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम विदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधार सुधारको नयाँ योजना अघि बढाईएको बताए । 

Advertisement

उनले आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउने सोचेको र काठमाडौं उपयत्यकासँग जोडिएको महाभारतको श्रृंखलामा सरकारको तर्फबाट पूर्वाधार तयार पार्ने तथा सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाईएको बताए । 

उनले अन्य देशमा जसरी पर्यटकहरुको आगमन छ त्यसरी हाम्रो देशमा आगमन हुन सकेको छैन , यसको समीक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपज सहित प्रवर्द्धनमा जुट्नु पर्नेमा जोड दिए ।

विगतमा विभिन्न कमी भएको र गर्न पर्ने जति यो क्षेत्रमा काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगत रुपमा सुधार गर्ने, पूर्वाधार सुधार गर्ने , नयाँ गन्तव्यको खोजी गर्दै आगामी बर्षहरुमा बाटो तयार गर्न सबै पक्ष लागि पर्नु पर्नेमा जोड दिए ।

 

Advertisement

Advertisement