पाकिस्तानविरुद्ध भारतको जित

Advertisement

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानविरुद्ध जित निकालेको छ । 

भारतले पाकिस्तानविरुद्ध ६ रनको जित निकाल्दै समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ ।

Advertisement

आइतबार न्यूयोर्कमा सम्पन्न खेलमा भारतले दिएको १२० रनको लक्ष्य दिएको थियो । सोही लक्ष्य पछ्याउने क्रममा पाकिस्तनले ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि  मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।

भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पन्ड्याले २ विकेट लिए । अर्श्दिप सिंह र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो ।     

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै १ सय १९ रन जोडेको थियो । भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रन बनाएका थिए । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेका थिएनन् ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३/३ विकेट लिएका थिए भने मोहम्मद आमिरले २ विकेट र शाहिन शाह अफ्रिदीले १ विकेट लिए ।

Advertisement