महिन्द्राले ईभीमा चमत्कार गर्ने, टेस्लाभन्दा तगडा ‘बीई’ ल्याउँदै, अर्को बर्ष नेपालमा आइपुग्ने

Advertisement

काठमाडौं । भारतको विश्वप्रसिद्ध अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले विद्युतीय सवारी साधन (ईभी)मा नयाँ ब्राण्ड ‘बीई’ (बर्न इलेक्ट्रिक) ल्याउने भएको छ । 

नेपालमा महिन्द्रा ब्राण्डका प्यासेन्जर गाडीहरु बिक्री गर्दै आएको अग्नि समूहअन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्रा.लि.का प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले बीई अहिले ‘टेष्टिङ फेज’ (परीक्षणको चरण)मा रहेको भन्दै यो गाडी अमेरिकी लोकप्रिय ब्राण्ड टेस्लाभन्दा उच्चस्तरको प्रिमियम गाडी हुने बताए । 

Advertisement

बीईका एसयूभी तीन वटा रेन्जमा बजारमा आउन लागेको हो । यसको सबै डिजाइन र विकास लण्डनमा गरिएको हो । विश्व बजारमा नै राम्रो बजार लिने उद्देश्यसहित ल्याउन लागिएको यस गाडीको आरएण्डडी (अनुसन्धान र विकास)मा नै कम्पनीले निकै ठूलो लगानी गरेको बताउँदै श्रेष्ठले बीईले नेपालमा पनि राम्रो बजार लिने विश्वास व्यक्त गरे ।

Advertisement