काठमाडौं । नेपालको प्रतिष्ठित र ठूलो शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसीले शनिबारदेखि तीन दिनसम्म निःशुल्क ग्लोबल शैक्षिक मेला आयोजना गर्ने भएको छ ।
मेलामा विद्यार्थीहरुले ४० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श गरी विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने आफ्नो सपना अघि बढाउन सक्नेछन् । मेलामा सतप्रतिशतसम्म छात्रवृत्ति, शैक्षिक कार्यक्रम र पाठ्यक्रमबारे जानकारी प्राप्त गर्न सकिने एईसीसीले जनाएको छ ।
मेलामा निःशुल्क भिसाका साथै आर्थिक मार्गदर्शन पनि गरिने छ । मेलामा सहभागी विद्यार्थीहरुलाई आईईएलटीएस, टोफेल, स्याट, जीआरई जस्ता भाषा कक्षाहरुमा ५० प्रतिशत छुट प्राप्त गर्नसक्नेछन् । साथै, दिमागी खेलहरु खेली आकर्षक उपहारसमेत उनीहरुले जित्नसक्नेछन् ।
मेला असार १ गते एईसीसीको मुख्य कार्यालय डिल्ली बजार काठमाडौंमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ भने असार २ गते चितवनको कार्यालयमा बिहान ११ बजेदेखि २ बजेसम्म, असार ३ गते पोखरा कार्यालय पोखरा ट्रेड मलमा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म आयोजना हुनेछ ।
रजिस्ट्रेसनका लागि: https://bit.ly/3xjypU4