हिमालयन बैंकको ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । हिमालयन बैंक लिमिटेडले करिब ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले विभिन्न पाँच व्यक्ति तथा कम्पनीको स्वामित्वमा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

बैंकले सुप्रिना मास्केको स्वामित्वमा रहेकाे आठ हजार ३५७, शैलेशनाथ शाक्यको आठ हजार ३५७, पुनप्रसाद सुवेदीकाे ४० हजार ९४३, म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ५० लाख, उपेन्द्रमान प्रधानको दुइ हजार ९२४ र स्वान इन्टरनेसनल प्रालिको स्वामित्वमा रहेको ३१ हजार २३७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

हाललाई यस शेयरमा बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंस्थित कानुन विभागका निवेदन दिनुपर्नेछ । 

तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर प्रचलित कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

साथै, यस शेयरको मूल्य बिक्रेताअनुसार फरकफरक भएकाले जानकारीका लागि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ । 

Advertisement

Advertisement