सिबिआईएल सेक्युरिटिजको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिज लिमिटेडको दोस्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  

कार्यालय परिसरमा कम्पनीको संचालक समितिको अध्यक्षसप्तमान बज्राचार्य ज्यूको अध्यक्षता तथा सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडका चिफ फाईन्यान्स अफिसर प्रमेशराज कायस्थको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

Advertisement

सो साधारण सभामा कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात र आव २०८०–८१ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गरिएको छ । साथै कम्पनीले गत वर्षहरुको संचित मुनाफा तथा आव २०८०।८१ को वितरण योग्य मुनाफा बाट आषाढ मसान्त २०८१ मा कायम रहेको चुक्ता पुँजीको ५.२६% (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । 

नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । 

साथै यस कम्पनीले सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।
 

Advertisement

Advertisement