ओमोडा इभीको खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङका लागि नबिल बैंकसँग साझेदारी

Advertisement

काठमाडौं । नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले नबिल बैंकसँग सवारी साधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ । 

दुई कम्पनीबीच गत जेठ २९ गते सम्झौता भएको हो । उक्त सम्झौता अन्तर्गत, ओमोडाको जुनै पनि विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउने छ । ग्राहकले देशभर रहेका ओमोडा सोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत सजिलै फाइनान्सिङको सुविधा लिन सक्नेछन् ।

Advertisement

यो सहकार्यमार्फत ओमोडाका इभिहरू (विद्युतीय सवारी साधन) खरिद गर्न चाहने ग्राहकहरूलाई वित्तिय सहजता उपलब्ध गराउने लक्ष्य राखिएको छ । सम्झौताअनुसार, ग्राहकले नबिल बैंकका सबै शाखाबाट ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशत को निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामार्फत नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम कर्जा प्रवाह गरिनेछ भने निश्चित ब्याजदर अंक नबिल बैंकको नीतिअनुरूप परिवर्तन हुन भने सक्नेछ । यसरी, मात्र २० प्रतिशत डाउन पेमेन्ट गरी सजिलै ओमोडाको कुनै पनि गाडीको खरिद गर्न सकिनेछ । यो सुविधा ओमोडाको राष्ट्रव्यापी डिलर नेटवर्कभरी उपलब्ध हुनेछ । भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, विरगञ्ज, नारायणघाट, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र पोखराका डिलर नेटवर्कमा यो सुविधा उपलब्ध गराइनेछ ।

एसपिजि अटोमोबाइल्सले ब्रान्डको पछिल्लो इभि ओमोडा इ फाइभ गाडी रू. ६१.९९ लाख (सिङ्गल टोन) तथा रू. ६२।४९ लाख (डुअल टोन) को प्रि–बजेट मूल्यमा उपलब्ध गरेको छ । 
 

Advertisement

Advertisement