जग्गा प्लटिङ गर्न खहरे मासेर खडक खन्न थालेपछि चाँगुनारायणवासी आन्दोलित

Advertisement

काठमाडौं । चाँगुनारायण नगरपालिकामा प्लटिङ गरी बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक खन्न थालेपछि स्थानीयआन्दोलित भएका छन् । 

चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माणको काम थालेपछि उनीहरु आन्दोलित भएका हुन् । 

Advertisement

स्थानीयले नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला कुलो, खोल्सा मासेर हिम पाइप राख्ने काम गर्दा बस्ती नै डुबानको चपेटामा परेको गुनासो पनि गरेका छन् । यस विषयमा जनप्रतिनिधिहरुलाई ध्यानकर्षण गराउँदा समेत जवरजस्ती रातको समयमा काम गर्ने गरेको आरोप उनीहरुले लगाएका छन् ।

खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माण भएको कुरामा जनप्रतिनिधिहरु पनि असहमति जनाएका छन् । चाँगुनारायण नगरपालिका वडा नं २ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य राधा कृष्ण गेलालले आफूहरुको बिरोधका बाबजुत पनि वडा अध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको आरोप लगाए । 

नगरपालिका र वडाको योजनाअनुसार तीन वटा उपभोक्ता समितिमार्फत काम भइरहेको जानकारी गराउँदै उनीहरुले नियम विपरित कुनै पनि काममा हस्ताक्षर नगर्ने भनी बिरोध जनाउँदा तथा नगरपालिकाले रोक्न पत्र काट्दा समेत रातको समय काम हुने गरेको गुनासो गरे । 

वडा सदस्यहरुले नियम विपरित भएको कार्य नरोकिए अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत सम्बन्धी निकायमा उजुरी हाल्ने चेतावनी समेत दिए । वडा सदस्यद्वय प्रधान र गेलालले हिम पाइप निकालेर दाँया बाँया करिडेर निर्माण गर्नुपर्नेमा जोड पनि दिए । 

चाँगुनारयाण नगरपालिकामा बस्ती विकासको नाममा खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माण गर्ने काम यो नै पहिलो भने होइन । यसअघि पनि नगरपालिका भित्रका विभिन्न वडामा यस्ता काम हुँदै आएका छन् । यस विषयमा नगरवासीले बारम्बार ध्यानकर्षण गराउँदा समेत जनप्रतिनिधिहरु र सम्बन्धित निकाय काममा तेल हारेर बस्ने गरेको स्थानीयको आरोप छ ।

Advertisement

Advertisement