बिनालाभांश बलेफी हाइड्रोले बोलायो विशेष साधारणसभा

Advertisement

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । 

सभा, असार २० गते रोयल एलिनाज रेस्टुरेन्ट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

Advertisement

यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । 

सभामा, सञ्चालक नियुक्ति र कर्जा सुविधा स्वीकृति सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 

सभा प्रयोजनार्थ कम्पनीले असार ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । अतः असार १० गतेसम्म कायम शेयरधनी सभागमा भाग लिन योग्य हुनेछन् । 

Advertisement

Advertisement