कुमारी बैंक र पशुपति रिक्रियशन प्रालिबीच सम्झौता

Advertisement

काठमाडौं । कुमारी बैंक र पशुपति रिक्रियशन प्रालि धुम्बराही–काठमाडौंबीच मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १०% बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ । 

Advertisement

यस सुविधाबाट ग्राहकहरुले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । 
 

Advertisement

Advertisement