बचत फिर्ताको माग गर्दै सहकारी पीडिहरु सडकमा

Advertisement

काठमाडौं । बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरुले राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अव्हानमा पीडितहरु सामबार सडकमा निस्किएका हुन् । 

पीडितहरुले आफूहरुले राखेको बचत फिर्ता नहुँदा भोग्नुपरेको समस्या पोखेका थिए । उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न पनि माग गरेका छन् । 

Advertisement

पीडितहरुको प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि पुगेका थिए । उनले सहकारी ठगीमा संलग्नहरु नै सरकारमा रहेको भन्दै गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका थिए । 

Advertisement

Advertisement