आयात-निर्यात दुबै घट्योः एघार महिनामा साढे १४ खर्बको आयात हुँदा व्यापार घाटा कति ?

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ११ महिनामा नेपालको बस्तु आयात १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपियाँ पुगेको छ । 

भन्सार बिभागले आज सार्वजनिक गरेको जेठ मसान्तसम्मको बैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

Advertisement

यद्यपि, जेठसम्म आउँदा पनि आयात भने बढ्न सकेको छैन । यस अवधिमा कूल बस्तु आयात १.८४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपियाँको बस्तु आयात भएको थियो । 

समीक्षा अवधीमा निर्यात पनि ३.०१ प्रतिशतले घटेको छ । गत आवको ११ महिनामा नेपालबाट एक खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपियाँको बस्तु निर्यात भएको थियो । अहिले त्यो एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपियाँमा सिमित भएको छ । 

नेपालको बस्तु व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपियाँ कायम भएको छ । यो गत आवको सोही अवधीको तुलनामा १.७२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यस्तो घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपियाँ थियो । बिशेषगरी  आयात घट्दा व्यापार घाटा कम भएको देखिन्छ ।

वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८७४ प्रतिशत मात्रै छ । आयातको हिस्सा भने ९१.२६ प्रतिशत रहेको छ । तथ्यांकअनुसार समीक्षा अवधिमा आयात–निर्यात रेसिया १०.४४ प्रतिशत छ । 

Advertisement

Advertisement