अविश्वास र आशंकाबीच नेपाललाई फुटबलमा ऐतिहासिक सफलता

Advertisement

काठमाडौं । नेपालको फुटबल इतिहासमा शुक्रबार ऐतिहासिक सावित हुन पुगेको छ । बंगलादेशको ढाकामा भएको बंगबन्दी गोल्डकपको उपाधी नेपाली फुटबल टिमले हाल पार्न सफल भएको छ ।

केही समयअघि नेपाली राष्ट्रिय फुटबलका महत्वपूर्ण खेलाडीहरु म्याच फिक्सिंमा संलग्न नरहेको तथ्य बाहिर आएसंगै नेपालीहरुमा उत्पन्न अविश्वास र आशंकालाई मेट्दै नेपाली टिमले मुलुकलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएको छ । 

Advertisement

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनल खेलमा नेपालले बहराइनलाई ३–० ले हराउँदै जित हात परेको हो । नेपालका लागि विमल घर्तिमगरले चौथो मिनेटमा गोल गरे भने खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेड गरी तेस्रो गोल थपेका थिए । 

नेपालको इतिहासमा यति ठूलो उपाधी तेस्रो हो भने २३ वर्षपछि हासिल भएको हो । यसअघि नेपालले सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो जुन नेपालको फुटबल इतिहासमा सबैभन्दा ठूलो सफलताको रुपमा लिइन्छ । त्यस बेलाका नेपाली राष्ट्रिय टिमका सबैभन्दा ठूलो स्टार उपेन्द्रमान सिंह अहिलेको राष्ट्रिय टिमका गोलरक्षक प्रशिक्षक रहेका छन् । 

नेपालले दक्षिण एसियाली देशबाहेक अरु देशको टिम पनि सम्मिलित प्रतियोगिता जितेको यो पहिलो पल्ट हो । सन् १९९९ को दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फुटबलको फाइनलमा पुगेपछि कुनै पनि अन्तर्राष्ट्रियस्तरको पदकका लागि प्रतिस्पर्धा गर्न सकेको थिइन । बंगबन्दी गोल्डकपको उपाधीसँगै ५० हजार डलर राशीको पुरस्कार जित्न पनि सफल भएको छ । 

यसअघि नै राष्ट्रिय खेलकुद परिषदले विजेता नेपाली टिमका प्रत्येक सदस्यलाई दुई लाख रुपियाँ प्रदान गर्ने घोषणा गरिसकेको छ भने उपाधीसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्येक सदस्यलाई पाँच पाँच लाख दिने निर्णय गरेको छ । 

प्रतियोगिताको उपविजेता बनेको २५ हजार डलरमा चित्त बुझाएको छ । बंगबन्धु खेल प्रतियोगिता भरिनै नेपाल अपराजित रही उपाधी हासिल गर्न सफल भएको हो । लिग चरणमा नेपालले फेल्डा र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले र मिफाइनलमा माल्दिभ्सलाई ४–१ ले पछि पारेको थियो । 

फाइनल खेलमा बहराइन आक्रामक खेल खेले पनि नेपाली खेलाडीको कौशलपूर्ण खेलसँग केही लागेन । नेपाली खेलाडीहरुको डिफेन्स र कोलकिपर विकेश कुथुको उत्कृष्ट बचाउले नेपालले कुनै पनि गोल खानु परेन । खेलको अन्त्यमा बहराइन नौ खेलाडी र नेपाल १० खेलाडीमा सीमित रहेको थियो । 

एन्फाको घोषणाअनुसार बंगबन्धु गोल्डकल्प जितेको नेपाली टिमका सबै २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सकलाई ५–५ लाख रुपियाँ पुरस्कार दिइने छ । 

प्रधानमन्त्री दिए बधाई
बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा प्रधानमन्त्री केपी ओलीले खुसी व्यक्त गर्दै सबै खेलाडीहरु बधाई दिएका छन् । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिदै खेलकुदको विकासका लागि सरकारको सदैव सहयोग रहने बताएका छन् । 

काँग्रेसको पनि बधाई 
नेपालले बङ्गबन्धु गोल्डकप फुटबलको उपाधि जितेकोमा काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि नेपाल राष्ट्रिय टिमलाई बधाई दिएका छन् । 

उनले भनेका छन्, 'बंगलादेशको बगबन्धु रंगशालामा भएको फाइनलमा बहराइनको यू–२३ माथि ३–० को जित हात परेको सुन्दा म हर्षबिभोर भएको छु ।  नेपालको फुटबलको इतिहाँस दोहो¥याउदै नेपालको शीर उच्च राखेकोमा युवा खेलाडिहरुप्रति मेरो पार्टी नेपाली कांग्रेस तथा मेरो व्यक्तीगत तर्फबाछ हर्दिक बधाई एंव धन्यवाद ज्ञापन गर्दछु ।'

उनले भविश्यमा समेत यसैगरि  युवा खेलाडिले नेपालको शीर उच्च राख्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । 

Advertisement

Advertisement