भ्रष्टाचार आरोपमा मुख्यसचिवविरुद्ध मुद्दा दर्ताले निजामती क्षेत्रलाई लज्जित बनायोः गैरे

Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको बताए । 

Advertisement

गैरेले ‘माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ, भोलि आउनुस्’ जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताउँदै देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताए । 

उनले भने, ‘भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । यसले हामी सबैलाई लज्जित तुल्याइरहेको छ । माथि भन्नुस्, माथिको आदेश छैन । माथि मिलाउनुपर्छ । भोलि आउनुस् जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ । त्यसमाथि पनि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्नेकुरा बताउँछ । हाम्रो निजामतिभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई पनि बताउँछ । यो निजामतिमा मात्रै सिमित रहेर सम्भव छ ।’

गैरेले निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई यसले स्पष्ट बनाएको बताए । 

Advertisement

Advertisement