बालेनले आउँदो आवका लागि ल्याए २५ अर्ब ६३ करोडको बजेट, पूर्वाधारमा १४ अर्ब विनियोजन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपियाँको बजेट ल्याएको छ । 

महानगरपालिको मेयर बालेन शाहको तर्फबाट उपमेयर सुनिता डंगोलले सोमबार १५औं नगरसभामा बजेट पेश गरेकी हुन् । बजेटमा ११ वटा महानगर गौरवको आयोजनालाई तीन अर्ब ८० करोड छुट्याइएको बजेटमा ३० वटा स्वर्णिम योजनाका लागि पनि बजेट विनियोजन गरिएको छ । 

Advertisement

पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको बजेटमा सामाजिक विकासका लागि तीन अर्बभन्दा बढी छुट्याइएको छ । सुशासनका लागि एक अर्ब ८९ करोड भन्दा बढी छुट्याइएको छ ।

महानगरको सञ्चितकोषमा २४ अर्ब २० करोड आम्दानी हुने अनुमान गरिएको यस बजेटमा स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, स्वरोजगारी बनाइ विदेशिने दर घटाउने कुरालाई प्राथमिकतामा राखिएको छ । 
 

Advertisement

Advertisement