एलआईसी नेपालको साधारणसभा बिहीबार, यी हुन् मुख्य एजेन्डा

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको वार्षिक साधारणसभा बिहीबार (असार १३) मा बस्दैछ ।  

सभा नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ । यद्यपि, कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभामा गत आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहका विषयमा छलफल हुनेछ । 

त्यसैगरी, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने काम पनि सभाले गर्नेछ । 

Advertisement

Advertisement