राशिफलः आज (असार १३) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको १३ गते बिहीबार, आषाढ कृष्णपक्षको षष्ठी तिथि ।

मेष 
कार्यसफलतामा कमि आउने छ । मेहनत गर्दा गर्दै पनि त्यसको सराहना कमि नै रहने छ । परिवारमा स–साना विषयले पनि द्वन्दात्मक वातावरण बनाउने छ । मनमा अशान्तिको मात्रा धेरै हुने हुँदा चञ्चल स्वाभाव बन्ने छ । पेशागत जीवनमा धैर्य बनि कदम चाल्नु गर्नुहोला । आर्थिक अवस्था औसत रहने छ । शेयर बजार अनुकुल रहने छैन् । 

Advertisement

वृष
आर्थिक नोक्सानी हुने चुनौति रहेको छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । जीवनसाथिको सल्लाहसहित पेशागत क्षेत्रलाई अघि बढाएमा जोखिम कम हुन जाने छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।

मिथुन 
बोलीको प्रभावकारीता बढ्ने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा रहेकाहरुलाई सम्मान प्राप्त हुने छ । सन्तानका क्रियाकलापबाट गौरव बढ्न जाने छ । पेशागत जीवनमा र सम्बन्धित व्यवस्थापकीय क्षमतामा बृद्धि हुनेछ । चलाख व्यक्तित्व हुने हुँदा आवश्यक स्थानमा उचित बुद्धि आउने छ । शेयर बजारबाट भने लाभ हुने छैन् । 

कर्कट
बोली भद्र रहने छ । आफुले लिएका लक्ष्य र गन्तब्यप्रति समर्पित भएर लागि पर्ने दृढता आउने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुनेछ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ हुने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

सिंह
नकारात्मक विचारले स्थान पाउने छ । मनमा उदासिनताको मात्रामा बृद्धि हुँदा मलिनता बढ्ने छ । विदेश यात्रामा जाने सोच पलाउने छ । पेशागत जीवनमा भने स्थिरता आउने छ भने कमाईमा पनि केही बृद्धि नै हुने छ । बोलीको प्रभावमा कमि आउँदा राम्रै बोले पनि नराम्रो परिस्थिति उत्पन्न हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कन्या
ज्ञान भाव बलियो हुने छ । चतु¥याईमा बृद्धि हुनेछ । व्यक्तित्वमा उमङ्गको लहर आउने छ । परिवारमा हाँसिखुशी र रमाईलो वातावरण बन्ने छ । प्रतिष्पर्धीहरुका बीचमा जुध्न सक्ने तागत आउने हुँदा सफलताहरु प्राप्त हुने छन् । पेशागत जीवनमा उन्नति हुने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झन र समस्याहरु देखा पर्ने छन् । शेयर बजार सकारात्मक बन्ने छ । 

तुला
मनमा दृढताले ठुलो काम गर्ने छ । निर्णय क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ । पेशागत क्षेत्रमा नयाँ नयाँ कामका ढोकाहरु खुल्ने छन् । बोलीको प्रभावमा बृद्धि हुने भएकाले अरुको विश्वास प्राप्त हुने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । परिवारमा सकारात्मक लहर आउने छ । शेयर बजारबाट फाइदा हुने छैन् । 

वृश्चिक
मनमा दम्भ बढ्ने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने समय रहेको छ । आम्दानीमा भने केही बृद्धि हुन जाने छ । आर्थिक उन्नतिमा बोलीको प्रभावले मुख्य भुमिका खेल्ने छ । यात्राको अवसर मिल्ने छ । बैवाहिक विषयमा कदम चाल्नु ठिक हुने छ । शेयर बजारबाट फाइदा हुने छ । 

धनु 
परिवारमा अशान्तिको अवस्था आउँदा झैझगडाको चक्र चल्ने छ । सुख सुविधाका साधनको प्रयोग गरे पनि मनमा सन्तोष प्राप्त हुने छैन् । पेशागत जीवनमा उल्झनहरु देखा पर्न जाने हुँदा संयमित रहनु नै उचित हुने छ । खर्च धेरै हुने र आम्दानीको सीमितताले दबाब आर्थिक व्यवस्थापनमा पर्ने छ । शेयर बजारबाट भने लाभ मिल्ने छ । 

मकर 
सहयोगी भावनामा तिब्रता आउने छ । दरिलो र दृढ खालको व्यक्तित्व हुने छ । कतिपय अवस्थामा चाहिने भन्दा कडा खालको आनिबानीले गर्दा अरुले घमण्डि अनुभूत गर्ने छन् । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो सकारात्मक भुमिका खेल्ने छ । साझेदारीमा  गरिएका कामहरुमा भने समस्या देखा पर्ने छन् । शेयर बजार औसत खालको रहने छ ।

कुम्भ
प्रेममा सफलता मिल्ने छ । परिवारमा प्रेममय वातावरण छाउने छ । पेशागत क्षेत्रमा उन्नति तथा प्रगति प्राप्त हुनेछ । पेशाप्रति समर्पित हुने र ठोस कदमहरु चाल्न मन लाग्ने छ । आर्थिक आम्दानीमा पनि बृद्धि हुने छ । रिस कडा हुने र बोलीमा पनि कडापना देखा पर्ने हुँदा विचार पु¥याएर व्यवहार गर्नु होला । शेयर बजार औसत रहने छ ।

मीन
सहज र सरल प्रकृतिको व्यक्तित्व हुने छ । भाग्यले साथ दिएका बाधा व्यवधानमा जुध्न साहस आउने छ । पेशागत जीवनमा सफलताका क्रमहरु आउने छन् । आम्दानीमा केही बृद्धि हुन पुगे पनि खर्चको मात्रा पनि ह्वात्तै बढ्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । बोद्धिक तहमा कदर हुने छ । शेयर बजारबाट भने लाभ मिल्न सक्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement