राशिफलः आज (असार ४) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको ४ गते मंगलबार, ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि । आज वैष्णवहरुको निर्जला एकादशी व्रत । आज तुलसीको विऊ(दल) राख्ने दिन ।

मेष 
दाम्पत्य जीवनमा झैझगडाको अवस्था निम्तिने छ । बोलीको प्रभाव बढ्ने छ । रिस नियन्त्रण गर्न प्रयास गर्नु होला । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ भने लाभ पनि प्राप्त हुन जाने छ । तर साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । शेयर कारोवार अनुकुल रहन जाने छ । 

Advertisement

वृष
सोच्नै नपर्ने विषयमा पनि मन केन्द्रीत हुन पुग्दा मानसिक शक्ति अनावयश्यक रुपमा खेर जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु उठाउँदा ठिक हुने छ । मनोबल कमजोर बन्न पुग्ने हुँदा जोखिम भन्दा निरन्तरताको कदम उपयुक्त हुने समय देखिएको छ । शेयर कारोवार लाभदायी रहने छैन् ।

मिथुन 
धन सम्पत्ति नोक्सानीमा पर्ने भएकाले सतर्क रहनु पर्ने छ । मनमा दुविधाका क्रम एक पछि अर्काे गरि आउने छन् । आन्तरिक बुद्धि भने सक्रिय हुने हुँदा बाठोपना कायम हुने छ । पेशागत जीवन औसत रहने छ । व्यवस्थापकीय क्षमतामा केही बृद्धि हुने छ । शेयर कारोवार औसत अवस्थामा रहने छ । 

कर्कट
अध्ययन अध्यापनमा जाँगर चल्ने छैन् । सन्तान सुखको पनि अभाव हुने छ । मनोबलमा कमि आउने हुँदा कार्य सम्पन्नतामा बाधा हाल्ने छ । पेशागत जीवन निकै धैर्य भएर कदमहरु चाल्नु पर्ने समय सक्रिय रहेको छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई सन्तुलित बनाई राख्न मद्धत पुग्ने छ । शेयर कारोवार प्रतिकुल रहने छ । 

सिंह
घर घडेरी, वाहन जस्ता विषयमा द्वन्दात्मक अवस्था आउने छ । व्यक्तित्वमा ह्रास आउने छ । तर बोलीको प्रभावले गर्दा केही लाभ भने प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि केही बृद्धि हुने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरतालाई जोड दिनु उपयुक्त हुने देखिन्छ । शेयर कारोवार फाइदादायी रहने छ । 

कन्या
बोलीमा रुखोपना आउने छ । कटु बोलीका कारण कामहरुमा बाधा आउने छन् । परीवारिक विषयमा मनमा नकारात्मक विचारले सताउने छ । आम्दानीमा केही बृद्धि हुने छ भने पेशागत जीवनमा भने द्वन्दात्मक वातावरणको सामना गर्नु पर्ने भएकाले संयमित रहनु नै उत्तम हुने छ । बौद्धिकताको मात्रामा बृद्धि हुने छ । शेयर कारोवार सकारात्मक देखिएको छ । 

तुला
कमाईमा आउने ह्रासले परिवारमा तिक्तता आउने छ । तर व्यक्तित्व भने दृढताले भरिएको हुने छ । पेशागत जीवनमा द्वन्दसहित अघि बढ्नु पर्ने समय सक्रिय रहेकाले नडराई आफ्ना विषयमा अघि बढ्नु पर्ने हुन सक्छ । साझेदारीमा गरिएका काममा अवरोधहरु र उतार–चढाव देखा पर्ने छ । शेयर कारोवार प्रतिफलमुखी रहने छ ।

वृश्चिक
आम्दानीका विषयमा उल्झन र अवरोध देखा पर्ने छ । पेशागत जीवन स्थिर र सन्तुलित रहने छ । प्रभावकारी बोलीका कारण पेशागत जीवनमा सकारात्मक अवस्था देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने हुँदा प्राप्त जिम्मेवारीमा सफलता हात लाग्ने छ । शेयर कारोवार सकारात्मक बन्ने छ ।

धनु 
सानो सानो विषयले पनि मनमा धेरै बोझ दिने छ । पेशागत जीवन भने स्थिर रहने छ र आम्दानीमा पनि केही बृद्धि नै हुने हुँदा राहत मिल्ने छ । बोलीको प्रभावकारीतामा भने ह्रास आउने छ । व्यवस्थापकीय खुवीमा पनि गिरावट देखा पर्ने भएकाले धेरै जोखिममा जाने समय भने रहेको छैन् । शेयर कारोवार अनुकुल रहने छ ।

मकर 
मनमा उत्साह बढ्ने छ । नयाँ नयाँ काम गर्न जोश र जाँगरले तिब्रता लिने छ । मित्रहरुको सहयोगले गर्न चाहेका काममा मद्दत मिल्ने छ । पेशाप्रतिको समर्पण बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग सम्पन्न गर्नेमा उर्जा आउने छ । आम्दानीमा पनि बृद्धि हुने छ । शेयर कारोवार औसत रहने छ ।

कुम्भ 
भित्रि रुपमा बाठो व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा देखा पर्ने प्रतिकुलताहरु समाधानतर्फ जाने छन् । मनमा दृढता बढ्ने छ । तर पेशागत जीवनमा भने अझै संयमित रहनु पर्ने समय छ । साझेदारीमा गरिएका कामहरुमा सहजता भन्दा जटिलता रहने छ । व्यक्तित्व भने बौद्धिक स्तरको हुने छ । शेयर कारोवार अनुकुल रहने छ ।

मीन
भाग्यको साथ नहुँदा मेहनत धेरै गर्नुपर्ने अवस्था छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा जोखिम देखिएको छ, अपमान सहनु पर्ने समय सक्रिय रहेकाले कामहरु धैर्य भएर गर्नु नै उत्तम हुने छ । जीवनसाथिको सल्लाहसहित काम गरेमा मद्धत पुग्ने छ । शेयर कारोवार औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement