राशिफलः आज (असार ७) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको ७ गते शुक्रबार, ज्येष्ठ शुक्लपक्षको चतुर्दशी तिथि, उप्रान्त पूर्णिमा तिथि । आज पूर्णिमा व्रत रहेको छ । आज अन्तर्राष्ट्रिय योग दिवस रहेको छ ।

मेष 
रसिक स्वाभाव हुन पुग्दा सबै ठाउँमा रम्न सक्ने व्यक्तित्व हुने छ । समय अनुकुल रहेको छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । यात्रामा सफलता प्राप्त हुने छ । पेशागत जीवनमा पनि सफलता प्राप्त हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने छन् ।

Advertisement

वृष 
दाम्पत्य जीवनमा मधुरता छाउने छ । तर पेशागत जीवनमा भने सहकर्मीहरुबाट धोका हुने चुनौतिबाट भने सतर्क रहनु होला । प्रेममा सफलता मिल्ने छ । आर्थिक जीवनमा धरमर आउने छ । कर्मशिलतामा बृद्धि भए तापनि त्यसको नतिजा सन्तोषजनक गरि मूल्यांकन हुने छैन् । परिवारमा तनाव देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मिथुन 
जंगली जीवजन्तुहरुबाट जोगिनु होला । विगतका कुराहरुले पश्चाताप उत्पन्न भइरहने छ । जसले गर्दा वर्तमानमा मन नरहने अवस्था देखिने छ । आर्थिक पक्ष औसत रहने तथा पेशागत क्षेत्रमा पनि राम्रो प्रदर्शन हुन सक्ने छैन् । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ ।

कर्कट
कामप्रति समर्पित हुने उर्जा बढ्ने छ । घमण्डि स्वाभाव पनि बढ्ने भएकाले सतर्क रहनु नै उचित होला । काम गरे अनुसारको आम्दानी भने औसत खालको नै हुने छ । ब्यापार विजनेशमा नयाँ उत्साह आउने छ । जीवनसाथिको साथले आँट र भरोषा प्राप्त हुने छ । आफूले राम्रै सल्लाह दिँदा पनि अरुले अन्यथा मान्ने भएकाले ध्यान दिनु होला । निन्द्रामा समस्या देखिने छ ।

सिंह
परिवारमा सम्बन्धहरु समधुर बन्दै जाने छन् । आम्दानीमा केही बृद्धि देखिने छ । मनोबलमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा पनि केही राम्रा संकेतहरु देखा पर्ने छन् । यात्रामा कठिनाईको सामना गर्नु पर्ने छ । आथिक जीवनमा पनि केही राहत मिल्ने छ ।

कन्या
तडक भडकप्रर्णि गतिबिधिले आकर्षित गर्ने छ । तामसि भोजन प्रति अत्याधिक मोह बढ्ने छ । झैझगडा र मनमुटाव बढ्ने छ । घर परिवारमा पनि अशान्ति र कलहको वातावरण हुने छ । पेशा तथा ब्यापार प्रति भने लगाव रहने बानी कायम रहने छ । जोखिमले भरिएका क्षेत्रमा कार्यरतहरुले गुमाउने छन् ।

तुला 
प्राकृतिक प्रकोपका कुराहरुमा संयमता अपनाउनु होला । पेशागत जीवनमा संघर्ष गर्नुपर्ने हुन्छ । प्राप्त मान मर्यादा एवं प्रतिष्ठामा गिरावट आउने छ । आर्थिक क्षेत्रमा दबाब महशुस हुने छ । पारीवारिक सदस्यहरुबीच तनावले आफैलाई पनि तनाव थप्ने छ । सामाजिक जीवनमा पनि क्षति हुने छ ।

वृश्चिक
प्राकृतिक प्रकोपको चुनौति रहेकाले सतर्क रहनु होला । पेशागत जीवनमा तनाव झेल्नु पर्ने छ । आर्थिक रुपमा दबाबको सृजना हुने छ । मनमा भविष्यप्रतिको चिन्ता असाध्यै धेरै आउने छ । सपना नराम्रो देखिने छ । परिवारमा द्वन्द आउने तथा त्यसले परिवारमा आक्रोशको अवस्था ल्याउने छ । 

धनु 
प्रेममा धोका हुने छ । सात्विकतामा कमि आउने र तामसी भोजनमा मन जाने छ । साथिभाइहरुसँग बिछोड हुने छ । प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने छ । ब्यापार विजनेशमा नोक्सानी व्योहर्नु पर्ने छ । द्वन्दको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला ।

मकर
आत्मिय मित्रहरुसँग मिलन हुने छ । यात्रामा कठिनाईका कारण तनाव झेल्नु पर्ने छ । परिवारका सदस्यहरुबीच मधुरता उत्पन्न हुने छ । आर्थिक पक्ष सवल बन्ने छ । पेशागत जीवनमा कदर र थप जिम्मेबारी प्राप्त हुने छ ।

कुम्भ 
छोराछोरीका गतिबिधीबाट मनमा सन्ताप थपिने छ । पेशागत जीवनमा भने केही सन्तोष प्राप्त हुने छ । तर विवादमा फसिने भएकाले संयम रहनु नै उपयुक्त हुने छ । मनोबलमा बृद्धि हुने भएता पनि आक्रामकतामा पनि बढोत्तरी हुने भएकाले विचार गर्नुहोला ।

मीन
आकस्मिक लाभ हुने छ । पेशागत जीवनमा लय उत्पन्न हुने छ । जीवनसाथिको साथले उत्साह र उमङ्ग प्राप्त हुने छ । सामाजिक जीवनबाट मान मर्यादा प्राप्त हुने छ । मुद्धा मामिला तथा प्रशासनिक

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement