नेप्से २०५१.९२ अंकमा ओर्लियो, पौने ४ अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज लगातार दोस्रो दिन पनि घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि खुम्चिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.२४ अंकले घटेको हो । ०.४० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५१.९२ अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार घटे पनि बैंकिङ, म्युचुअल फण्ड र अन्य समूहमा झिनो सुधार देखिएको छ भने बाँकी राताम्मे भएका छन् । वित्त समूह सबैभन्दा बढी २.२३ प्रतिशतले घटेको छ । 

undefined

आज ३३३ कम्पनीका ८९ लाख १ हजार १ सय ९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४.५४ रुपियाँ बराबरको कारोबार भएको छ । 

सबैभन्दा बढी त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ७.०९ र नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ७६ लाख ४१ हजार ८ सय ९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार शेयर बजार ५.३७ प्रतिशतले घट्दा ४ अर्ब ३७ करोड, ४५ लाख ९७ हजार ४ सय ५८.६५ रुपियाँ, सोमबार बजार ३.२१ अंकले बढ्दा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार १ सय १६.१५ रुपियाँ, मंगलबार बजार ५.६० अंकले बढ्दा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३.८९ रुपियाँ र हिजो बुधबार ११.६० अंकले बजार घट्दा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७ सय ३४.२२ रुपियाँ बराबरको कारोबार भएको थियो ।  

Advertisement

Advertisement