कांग्रेस र कम्युनिष्ट नेताको नाममा करोडौंको कार्यक्रम गर्न बालेनले नमानेपछि नगरसभामा अवरोध

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको शुक्रबारका लागि बोलाइएको नगरसभा नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुले अवरुद्ध गरेको सो नगरपालिकाका प्रमुख बालेन (बालेन्द्र शाह)ले सार्वजनिक गरेका छन् । 

कांग्रेस र एमालेका नेताहरुको नाममा करोडौंको कार्यक्रम गर्न प्रमुख बालेनले अस्वीकार गरेपछि उनीहरुले नगरसभा बहिस्कार गरेर निस्किएका हुन् । कांग्रेस र एमालेका वडाध्यक्षहरुले वीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौं भनेर शर्त राखेको तर आफूले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेपछि वडाध्यक्षहरु नगरसभा बैठक रोकेर बाहिर गएको बताएका छन् । 

Advertisement

बालेनले भनेका छन्, ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।’ आज महानगरले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पास गर्ने कार्यक्रम थियो । 

Advertisement

Advertisement