करोडौं अनियमितता गरी सिवाईसी लघुवित्त डुबाउन लागिएको भन्दै राष्ट्र बैंकमा उजुरी

Advertisement

काठमाडौं । करोडौं रुपियाँ अनियमितता गरी सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था डुबाउने प्रयास भएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी गरिएको छ । 

संस्थाका बहालवाला अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले मनलाग्दी गरेर लघुवित्त डुबाउन लागेको भन्दै संस्थापक शेयरधनीहरुले राष्ट्र बैंकमा उजुरी दिएका हुन् । 

Advertisement

उनीहरुले उजुरीपत्रमा शर्माद्धयले झुटा बिल पेश गरेर करोडौं रुपियाँ अनिमियतता गरेको, अनुगमनमा आएका राष्ट्र बैंककै कर्मचारीलाई प्रभावमा पारेर संस्थाका कर्तुत लुकाएको, राजनीतिक लाभ उठाउन नेताकी चेलीलाई महिला सञ्चालक बनाउन ऐन विपरित काम गरेको, सञ्चालक र सीइओबाट राजीनामा दिएर बसे पनि संस्था प्रमुखकै रुपमा काम गरिरहेको, साधारण शेयरधनीको हैसियत भए पनि संस्था प्रमुखले पाउने सेवा सुविधा र अधिकार प्रयोग गरिरहेको, डोलेन्द्र शर्माले अध्यक्ष र निमित्त सीईओलाई प्रयोग गरेर चरम आर्थिक अनियमितता गरेको, डोलेन्द्र शर्मा आफू प्रबन्ध सञ्चालक हुँदा गरेका बदमासी लुकाउन नियम विपरित निमित्तको भरमा संस्था चलाएको आरोप  लगाइएको छ । 

मर्जर हुनुअघि नभएका काम कुराहरुलाई भएको भनेर बिल भरपाई गरिएको भन्दै त्यसमा कारबाहीको माग गरिएको छ । १९ वटा नखोलिएका संस्था खोलेको भनेर खर्च देखाइएको, सञ्चालक र प्रबन्ध सञ्चालक (डोलेन्द्र शर्मा)ले नगरेको भ्रमणलाई भ्रमण गरेको भनेर खर्च देखाईएको उजुरीमा उल्लेख छ । 

सोही कारण २०७९ बैशाखमा नौ करोड फाइदा देखाइएको संस्थालाई सोही बर्ष असारमा घाटा गएको पत्रमा उल्लेख छ । त्यस्तै, राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका कर्मचारी निरज अधिकारीको नेतृत्वमा संस्थाको स्थलगत अनुगमनमा हेर्नुपर्ने कुराहरु केही पनि नहेरेको आरोप लगाइएको छ । अधिकारीले अधिक ऋणलाई ‘इभर ग्रिन’ गरिएको , आफन्त तथा नजिककालाई दिएको तर उठ्न नसकेको कर्जालाई लुकाइएको, प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले महिनाभरि अर्थात ३६५ दिनकै भ्रमण भत्ता लिएको उजुरी नहेरेको आरोप छ। 

नेताकी चेलीलाई महिला सञ्चालक बनाउन ऐन विपरितको काम भएको भन्दै संस्थापक शेयरधनीले उजुरीपत्रमा विशेष साधारणसभाबाट सञ्चालक चयन गरिएको महिलालाई सपथ नै नखुवाई ३५ दिन अगावै हटाएर नेताकी चेली (मुनादेवी खनाल)लाई महिला सञ्चालक बनाइएको बताएक छन् । 

एउटा साधारण शेयरधनीको हैसियतमा पुगेका डोलेन्द्र शर्माले अहिले पनि संस्थाको प्रमुख कार्यकारी तथा सञ्चालक अर्थात् हिजोकै प्रबन्ध सञ्चालकको रुपमा काम गरेर घुमाउरो रुपमा सेवा सुविधा लिएको भन्दै उजुरीकर्ताहरुले सामान्य शेयरधनीको हैसियत हुँदा प्रबन्ध सञ्चालकको रुपमा काम गर्न पाउने कानुनी आधारबारे राष्ट्र बैंकलाई प्रश्न सोधिएको छ । 

सीइओ छाडेर सञ्चालक मात्र बनेका डोलेन्द्र शर्माले सरकारी नियुक्ति खानलाई सञ्चालक पदबाट समेत राजीनामा दिएका थिए । डोलेन्द्र शर्माले गत माघ २४ गतेदेखि लागू हुनेगरी फागुन २८ गते सञ्चालक पदबाट राजीनामा दिएपनि उनले यसबीच सञ्चालकको हैसियतमा काम गरेका थिए । कुलिङ पिरियडमा भएको देखाउन राजीनामा दिए पनि दैनिक कार्यालय जाने, सेवा सुविधा प्रयोग गर्ने र कर्मचारी तथा सञ्चालकलाई निर्देशन दिने काम अहिले पनि गरिरहेको जनाइएको छ । 

डोलेन्द्र शर्मा सामान्य शेयरधनीको हैसियतमा भएपनि सञ्चालक समितिको बैठकमा उपस्थित भएर निर्णय गर्ने गराउने गरेको, व्यवस्थापकीय सम्पूर्ण निर्णयहरु आफै लिने गरेको, शाखाहरुको भ्रमण गरेर त्यहाँका कर्मचारीलाई सरुवा बढुवाको धम्की र टार्गेट दिने गरेको, प्रमुख कार्यकारी अधिकृतले सुविधावापत पाउने गाडी, ड्राइभर र आवास सुविधा पनि लिइरहेको, आफूनिकट चार कर्मचारीबाट नियमविपरित पेश्की लिएको भन्दै उजुरीकर्ताले डोलेन्द्र शर्माको यस्तो अपराधिक र गैरकानुनी कामलाई संस्थाका अध्यक्ष पद्मनाथ शर्माले साथ दिएको आरोप लगाएका छन् ।  

तीन महिनाभन्दा बढी निमित्त प्रमुखको रुपमा संस्था चलाउन नपाउने नियम विपरित लामो समयदेखि संस्था निमित्तको भरमा चलाइएको आरोप उजुरीपत्रमा उल्लेख छ । राष्ट्र बैंकले प्रबन्ध सञ्चालक हटाएर सीइओ राख्न निर्देशन दिएपनि सिवाईसी लघुवित्तमा अहिलेसम्म सीइओ नियुक्ति हुन् सकेको छैन् । तीन महिनाभन्दा बढी निमित्तको भरमा संस्था चलाउन नपाइने राष्ट्र बैंकको नियम छ । नातामा काका भतिज पर्ने संस्था अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्मालाई कारबाही गर्न राष्ट्र बैंकसँग आग्रह गरिएको छ । 

undefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement